मनोरन्जन

दिल यी जोर जोरसे धड्के लागल’ सार्वजनिक

नरेश चौधरी
`

थारु चर्चित गायक खेम चौधरी र गायिका समिक्षा चौधरीलेको स्वरमा रहेको नयाँ थारु गित ‘दिल यी जोर जोरसे धड्के लागल’ सार्वजनिक भएको छ । चर्चित युवा गायक खेम चौधरीले आफ्नै यूट्युब च्यानल मार्फत उक्त गीत तथा म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।


म्युजिक भिडियोमा भारत तथा नेपालका कलाकारहरुको रोमान्स गरेको देख्न सकिन्छ । जसमा नेपाली कलाकार आयशा चौधरी र भारतका थारु कलाकार आशिष चौधरीले अभिनय गरेका छन् ।


गीत सावन मर्चहाको शब्द, संगीत र एरेञ्जर गणेश चौधरी रहेको रहेको छ । चन्द्र चौधरी चाँदले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन दयाशंकर चौधरी र नसिब चौधरीले गरेका छन् ।


पुरा गित हेर्न तलको लिंक मा जनासक्नु हुने छ ।

 


प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६, १३:०४:००
प्रतिक्रिया दिनुहोस्