बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु
मनोरन्जन
तनुश्रीले अजयमाथि आक्रोश पोख्दै एक बयानमा भनिन्, ‘हिन्दी सिनेमा पाखण्डीहरुले भरिभराउ छ

केही समय अघि मी टू अभियान अन्तर्गत बलात्कार तथा यौन शोषणको आरोप लागेका बलीउड कलाकार आलोक नाथ अजय देवगनको फिल्म ‘दे दे प्यार दे’ मार्फत बलिउड फिल्ममा फर्किएका छन् ।
यसै कारण तनुश्री दत्ताले फिल्म ‘दे दे प्यार दे’ का मुख्य अभिनेता अजय देवगन र निर्माताहरुमाथि आलोक नाथलाई काम दिएको भन्दै आक्रोश पोखेकी छिन् । तनुश्रीले अजयमाथि आक्रोश पोख्दै एक बयानमा भनिन्, ‘हिन्दी सिनेमा पाखण्डीहरुले भरिभराउ cc। यहाँ झुठा र देखावटी गर्ने मानिसहरु छन् ।’
तनुश्रीले अगाडि भनिन्, ‘यदी आलोक नाथसँगका फिल्मका केही दृश्य शुट भइसकेका थिए भने बलात्कार र यौन शोषणको आरोप लागिसकेपछि उनलाई फिल्मबाट निकालेर कोही अरुबाट शुट गर्न सकिन्थ्यो । तर उनीहरुले यस्तो गरेनन् । आरोप लागिसकेपछि पनि आलोक नाथलाई फिल्मबाट निकालिएन । अजय देवगनले आरोपितलाई बलिउडमा फर्कन मद्दत गरेका छन् । यस फिल्मको पोस्टर र ट्रेलर आउनुभन्दा अघिसम्म आलोक नाथ पनि यस फिल्ममा छन् भन्ने कसैलाई थाहा थिएन । यद अजय र फिल्म निर्माताहरुले चाहन्थे भने उनीहरु आलोक नाथलाई सजिलैसँग फिल्मबाट बाहिर निकाल्न सक्थे । तर उनले यस्तो गरेनन् ।’
केही समय पहिले अजयले मीटू अभियानलाई समर्थन गर्दै ट्वीटर मार्फत पीडितहरुको पक्षमा रहने कुरा गरेका थिए । तर अहिले अजय देवगनकै फिल्ममा आलोक नाथलाई देखेपछि सामाजिक संजाल प्रयागकर्ताहरुले अजयलाई ट्रोल गरेका थिए । त्यसको जवाफमा अजयले भने ‘जब सम्म आरोपितविरुद्ध कुनै पनि प्रमाण भेटिँदैन तबसम्म उनलाई अपराधी मान्न सकिन्न ।’ भनेका यसैकारण तनुश्रीले उनलाई झुटाे भनेकी हुन् ।
गत वर्ष अक्टाेबरमा भारतीय लेखिका तथा फिल्म निर्मात्री विनता नन्दाले मीटू अभियान अन्तर्गत आलोक नाथमाथि बलात्कारको आरोप लगाएकी थिइन् । विनताको आरोपपछि मिडिया तथा सामाजिक सञ्जालमा याे कुराले निकै तहल्का मच्चाएको थियो । त्यसपछि विनताले आलोक नाथविरुद्ध प्रहरीमा उजुरी पनि गरिन् । त्याे केस अझै अदालतमा छ । विनताको यस आरोपपछि हिमानी शिवपुरी, दीपिका अमीन, संध्या मृदुलालगायतका अभिनेत्रीहरुले समेत आलोकनाथले आफूहरुको यौन शोषण गरेको आरोप लगाएका थिए ।
थप समाचार

लोकप्रीय समचार
- भूमि सम्वन्धी समस्या समाधानका लागि सैनामैनामा छलफल
- रुपन्देहीको सियारीमा लालपुर्जा वितरण
- रुपन्देहीको सियारीमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सुरु
- रूपन्देहीको सियारीमा मेलमिलापकर्ताहरूको सपथ ग्रहण
- आफुले बाचा गरे अनुसार विकास निर्माणका काम गरिरहेको छु ः संसद ढकाल
- रुपन्देहीको सियारीमा आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिका माध्यमबाट उपचार सेवा सुरु
- लालपुर्जा दिएर बल्ल चुनाव हुन्छ : प्रमुख ढकाल
- रुपन्देहीको सियारीमा कोभिड—१९ अस्थायी अस्पतालको सेवा सुरु