सैनामैनामा कृषकहरुको उत्पादनमा बृद्धि गर्न कृषक पाठशाला
खेलकुद
सैनामैना महोत्सवमा खेलकुद

रुपन्देहीको सैनामैना वडा नं ४ स्थित मुर्गियामा लाग्ने महोत्सवमा खेलकुद कार्याक्रमको आयोजना गरिने भएको छ ।
महोत्सवमा ब्याडमिन्टन र भलिबल खेलको आयोजना गरिने आयोजकले जनाएको छ ।
विभिन्न स्टल, बौद्धकालिन सभ्यता झल्किने पार्क, बालउद्यान, खानपान तथा संस्कृतीक कार्यक्रम संग–संगै खेलपे्रमीहरुका लागि महोत्सवमा खेलकुद कार्यक्रमको आयोजना गर्न लागिएको सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक राजबहादुर क्षेत्रीले बताउनु भयो । उहाँले भन्नु भयो - "महोत्सव सवैको साझा हो , हामीले सबैलाई समेट्ने प्रयास गरेका छौं । "
ब्याडमिन्टन खेल यही पौष २६ गते शनिबार विहान ७ बजे हुने छ । जसमा विजेतालाई प्रथम पुरस्कार रु. २५ हजार, दोस्रो हुने टिमलाई रु.१५ हजार र तेस्रो हुने टिमलाई रु.१० हजार प्रदन गरिने छ ।
त्यस्तै भलिबल खेल पौष २८,२९ र माघ १ गते हुने छ । विजेतालाई प्रथम पुरस्कार रु. २० हजार, दोस्रो हुने टिमलाई रु.१५ हजार र तेस्रो हुने टिमलाई रु. १० हजार रकम प्रदान गरिने खेलकुद ब्यवस्थापन उपसमितिका संयोजक विष्णु प्रसाद पाण्डेले बताउनु भयो ।
“आर्थिक विकासका राष्ट्रिय आधार, कृषि पर्यटन उद्योग र व्यापार ” भन्ने मुल नाराका साथ सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव यही पौष २४ गते देखि माघ ६ गते सम्म, सैनामैना ४ मुर्गिया स्थित निर्माणधिन बहुउद्देश्यीय रंगशालामा संचालन हुने छ ।
थप समाचार


लोकप्रीय समचार
- रुपन्देहीको सियारीमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सुरु
- रुपन्देहीको सियारीमा आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिका माध्यमबाट उपचार सेवा सुरु
- आफुले बाचा गरे अनुसार विकास निर्माणका काम गरिरहेको छु ः संसद ढकाल
- रुपन्देहीको सियारीमा कोभिड—१९ अस्थायी अस्पतालको सेवा सुरु
- लालपुर्जा दिएर बल्ल चुनाव हुन्छ : प्रमुख ढकाल
- भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो
- स्याङ्जाका कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु
- बाग्लुङका युवाले सम्पत्ति हड्प्न पाल्पाबाट नागरिकता बनाएको खुलासा