अर्थ

प्राइमलाइफ इन्स्योरेन्सको संपर्क कार्यलय सैनामैनामा

रेडियो टाइम्स
`

प्राइम लाइफ इन्स्योरेन्सको बुटवल शाखा अन्तरगत सैनामैना संपर्क कार्यलयको कलौनीमा बुधबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । कार्यलयको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई, सैनामैना वडा नं. ६ का वडा अध्यक्ष बसन्त पाण्डेले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

इन्स्योरेन्सले आफ्नो शाखा विस्तारको क्रममा उपत्यका बाहिर सैनामैनाको कलौनीमा बुटवल शाखा कार्यलय अन्तरगत संपर्क कार्यलय विधिवत रुपमा बुधवार देखि संचालनमा ल्याएको छ । सैनामैना लगायतका यस क्षेत्रका बासीहरुलाई सहज रुपमा सेवा दिने उद्देश्यले शाखा विस्तार गरिएको हो ।
इन्स्योरेन्सका प्रदेश प्रमुख शिवा प्रसाद पौडेल, बजार प्रमुख नविन थापा, बुटवल शाखा प्रमुख रिता के.सी, नेकपा सैनामैना इन्चार्ज नारायण न्यौपाने लगाएतले विमाको बारेमा बोल्नु भएको थियो । कार्यक्रममा सैनामैनाका जनप्रतिनिधि, राजनितिक दल, इन्स्योरेन्सका प्रतिनिधि–अभिकर्ता, स्थानियहरुको सहभागिता रहेको थियो ।

इन्स्योरेन्सको देश भर ५८ ओटा शाखा, ८० उपशाखा, ३० ओटा संपर्क कार्यलय र ७ प्रदेशमा प्रदेश कार्ययालय रहेका छन् । यसको प्रमुख कार्यलय, काठमाडौंको हात्तीसारमा रेहेको छ । संस्थाको हाल चुक्तापुंजी २ अर्व ७७ लाख रहेको छ । बीमा संख्या १६ लाख ८७ हजार ५ सय ३६ रहेको छ ।


प्रकाशित मिति: बिहिबार, पुस १०, २०७६, ०९:१२:००
प्रतिक्रिया दिनुहोस्