बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु
खेलकुद
सागका पदक विजेतालाई तीनदेखि ११ लाखसम्म दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई जनही तीनदेखि ११ लाख रूपैयाँसम्म आर्थिक पुरस्कार दिने घोषणा गरेका छन्। बधाईका लागि बालुवाटारमा बोलाइएका खेलाडीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकभन्दा धेरै स्वर्ण विजेतालाई ११ लाख रूपैयाँ दिने घोषणा गरेका हुन्। प्रधानमन्त्रीको घोषणा अनुसार एउटा स्वर्ण विजेताले ९ लाख रुपैयाँ सरकारबाट पाउनेछन्। प्रधानमन्त्रीले समूहगत स्वर्ण जित्नेलाई पनि जनही पाँच लाख रुपैयाँ दिने जनाएका छन्। पदक विजेता खेलाडीसँगै प्रशिक्षकले पनि सरकारबाट पाँच लाख रूपैयाँ पुरस्कार पाउने भएका छन्। १३ औँ सागका रजत विजेताले ६ लाख रुपैयाँ पाउनेछन्। त्यसैगरि कास्य विजेताले जनही ३ लाख रुपैयाँ पाउने भएका छन्। प्रधानमन्त्रीले मंगलबार दशरथ रंगशालामा भएको १३औँ सागको समापन समारोहलाई भिडियोमार्फत् सम्बोधन गर्दै विजेता खेलाडीहरुलाई उचित पुरस्कार दिने बताएका थिए। उनले सबै विजेता खेलाडीलाई बधाईका लागि बालुवाटार आउन पनि बोलाएका थिए। घरेलु भूमिमा सम्पन्न १३औँ सागमा नेपालले कीर्तिमानी ५१ स्वर्ण पदक जितेको थियो। सागमा दोस्रो स्थानमा रहेको नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो। पदक विजेता खेलाडीहरुलाई अन्य संस्थाले पनि पुरस्कारको घोषणा गरिसकेका छन्। राष्ट्रिय खेलकुद परिषद्ले सागका स्वर्ण विजेतालाई पाँच लाख रुपैयाँ, रजत विजेतालाई तीन लाख रुपैयाँ र कास्य पदक विजेतालाई दुई लाख रूपैयाँ पुरस्कारको घोषणा यसअघि नै गरिसकेको छ। राखेपले समूहगतरुपमा स्वर्ण विजेताको हकमा स्वर्णधारीलाई दुई लाख रुपैयाँ, रजतलाई एक लाख ५० हजार रुपैयाँ र कास्य विजेतलाई एक लाख रुपैयाँ दिने भएको छ। साग सुरु हुनुअघि नै सागका पदक विजेताका लागि सरकारले विशेष सुविधासहितको प्याकेज ल्याउने तयारी गरेको थियो। तर मंसिर १० गते एपेन्डिसाइटिस भएर प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुपरेपछि प्याकेज घोषणा कार्यक्रम रोकिएको थियो।
थप समाचार

लोकप्रीय समचार
- भूमि सम्वन्धी समस्या समाधानका लागि सैनामैनामा छलफल
- रुपन्देहीको सियारीमा लालपुर्जा वितरण
- रुपन्देहीको सियारीमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सुरु
- रूपन्देहीको सियारीमा मेलमिलापकर्ताहरूको सपथ ग्रहण
- आफुले बाचा गरे अनुसार विकास निर्माणका काम गरिरहेको छु ः संसद ढकाल
- रुपन्देहीको सियारीमा आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिका माध्यमबाट उपचार सेवा सुरु
- लालपुर्जा दिएर बल्ल चुनाव हुन्छ : प्रमुख ढकाल
- रुपन्देहीको सियारीमा कोभिड—१९ अस्थायी अस्पतालको सेवा सुरु