सैनामैनामा कृषकहरुको उत्पादनमा बृद्धि गर्न कृषक पाठशाला
खेलकुद
मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा आयोजक विजयी , पत्रकार ६ विकेटले पराजित ,

शिब अधिकारी ,
२४ मंसिर , सैनामैना ।।
रुपन्देहीकोे सैेनामैना ७,लम्टीयामा जारी पाचौँ जिल्ला स्तरीय खुल्ला नकाउट क्रिकेट प्रतियोगितामा आज एक मात्र खेल भएको छ । स्टार स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा मंगलबार सैनामैनाका पत्रकार र स्टार स्पोर्ट्स क्लब बिच भएको मैत्रीपूर्ण प्रतियोगितामा सैनामैनाका पत्रकारलाई ६ विकेटले हराउँदै आयोजक स्टार सर्पोट कलब विजयी भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको पत्रकारको टोलीले आफ्नो १५ ओभरको खेल सकिदा ९ विकेटको क्षतिमा १ सय २ रन जोडेएको थियो । जवाफि ब्याटिङमा उत्रेको क्लबले पत्रकारहरुले दिएको विजयी लक्ष्य ८ ओभर ३ बलमा ४ विकेटको नोक्सानीमा भेटाएको हो । स्टारको जितका लागि कृष्ण ज्ञवालीले सर्वाधिक २९ रन जोडिएका हुन् । सुरुवातमा राम्रो प्रदर्शन गरेको पत्रकारको टोलीले रेडियो मलमलाका पत्रकार हिमाल खत्री र बुद्ध टेलिभिजनका पत्रकार सुरेस परियारको साझेदारीमा ५८ रन जोड्नु बाहेक अरु ब्याट्सम्यानले दोहोरो रन बटुल्न सकेनन् ।
पत्रकारका लागि हिमालले सर्वाधिक २८ रन जोडेका थिए भने बलिङतर्फ पत्रकारका समतल अनलाइन मिडिया संवाददाता तथा रेडियो टाईम्सका प्राविधिक शिब अधिकारीले सर्वाधिक २ विकेट लिए यस्तै प्रतियोगितामा किस यफ एमका प्रबन्धक कृष्ण भण्डारी र खेमले समान १-१ विकेट हात पारेका थिए । प्रतियोगिता पुस १ सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
थप समाचार


लोकप्रीय समचार
- रुपन्देहीको सियारीमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सुरु
- रुपन्देहीको सियारीमा आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिका माध्यमबाट उपचार सेवा सुरु
- आफुले बाचा गरे अनुसार विकास निर्माणका काम गरिरहेको छु ः संसद ढकाल
- रुपन्देहीको सियारीमा कोभिड—१९ अस्थायी अस्पतालको सेवा सुरु
- लालपुर्जा दिएर बल्ल चुनाव हुन्छ : प्रमुख ढकाल
- भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो
- स्याङ्जाका कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु
- बाग्लुङका युवाले सम्पत्ति हड्प्न पाल्पाबाट नागरिकता बनाएको खुलासा