खेलकुद

सैनामैना ७ देउवापारमा आजदेखि भलिबल प्रयियोगिता सुरु हुँदै

रेडियो टाइम्स
`

रुपन्देही जिल्लाको सैनामैनामा आजदेखि प्रथम वडा स्तरिय भलिबल प्रतियोगिता सुरु हुँदै छ । सैनामैना ७ देउवापारमा रहेको जनप्रिय स्पोर्टिङ्ग युवा क्लबको आयोजनामा आजदेखि कार्तिक १० गतेसम्म वडा स्तरिय भलिबल प्रतियोगिता सञ्चालन हुने छ । सरस्वती माविको खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा सैनामैना नगरपालिकाका १० टिमको सहभागिता रहेको क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिनुभयो ।

यस क्षेत्रमा खेलाडी उत्पादनको लागि भएपनि सहयोग मिल्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको उँहाको भनाई छ ।
प्रतियोगितामा प्रथम पुरस्कार २० हजार , दोश्रो १० हजार तेश्रो ६ हजार र सान्तोना ४ हजार सहित मेडक ,कप ,प्रमाणपत्र रहेको क्लबका सचिब रोमनाथ न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै उत्कृष्ट प्यलेयरलाई २ हजार, उत्कृष्ट स्पाईकर , सटर, बलकर, डिफिण्डर र कोचलाई नगद १ हजार पुरस्कारको समेत आयोजकले ब्यवस्था गरेको छ । प्रतियोगितामा सहभागिता जनाउँने खेलाडी वडा भित्रको नै हुुनु पर्ने सिफारिस भएपछि मात्र टिम दर्ता गरिएको आयोजकको भनाई छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६, ११:१०:००
प्रतिक्रिया दिनुहोस्