स्थानीय

सुनगाभा पब्लिक सेकेन्डरी स्कूलको बार्षिक नतिजा सार्वजनिक

रेडियो टाइम्स
`

सुनगाभा पब्लिक सेकेन्डरी स्कूलले आज एक कार्यक्रम विच बार्षिक नतिजा सार्वजनिक गरेको छ। सैनामैना ३ मुर्गियामा रहेको आफ्नो भवनमा अभिभावक, विद्यार्थी, अतिथीहरुको उपस्थितिमा परीक्षाफल प्रकाशित गरेको हो । परीक्षा तथा अतिरिक्त क्रियकलापका विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार समेत सोही कार्यक्रममा वितरण गरिएकोे छ ।

कार्यक्रममा मोटिभेटर उपेन्द्र अधिकारीले अभिभावक, शिक्षक र विद्यार्थीले आ आफ्नो ठाउँबाट आफ्नो उत्तरदायित्व निभाएमा र शिक्षक, अभिभावक,विद्यार्थी सबै मिलेर एक अर्कामा प्रोत्साहन र ख्याल गर्न सके मात्र शैक्षिक गुणस्तर राम्रो बनाउन सकिने बताउनु भयो।
अभिभावकले आफ्ना बालबच्चालाई प्रोत्साहन गर्न नसक्दा बालबच्चा को अन्तरनिहित प्रतिभा बाहिर आउन नसकेको बताउँदै परिणाममा होइन परिश्रममा विश्वास गर्न अनुरोध गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै सैनामैना अभिभावक संघ संयोजक विष्णु पाण्डे, प्रियंका भण्डारी, संगम अर्याल लगाएतले विद्यालयले शैक्षिक क्षेत्र देखि अतिरिक्त क्रियकलाप सम्म यस क्षेत्रमा अब्बल रहन सकेको बताउँदै अभिभावकले आफ्नो बालबच्चाको भविष्यको लागि सही स्कूल रोजेको बताएका थिए।

कार्यक्रम प्राचार्य तिलब के सी को अध्यक्षता तथा सैनामैना ३ का वडा अध्यक्ष रत्न बहादुर पौडेल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम हरि प्रसाद पोखरेलको स्वागत तथा कार्यक्रम सञ्चालन जईन्ती उपाध्यायले गर्नु भएको थियो ।


प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५, ११:१९:००
प्रतिक्रिया दिनुहोस्