अर्थ

सामाजिक सञ्‍जालमा कर लगाउन महालेखाको सुझाव

रेडियो टाइम्स
`

नेपालमा सञ्चालन हुने विभिन्न प्रकारका सामाजिक सञ्जालबाट कर उठाउन सरकारलाई महालेखा परीक्षकको कार्यालयले सुझाब दिएको छ। ५६ औं प्रतिवेदनमार्फत उसले आयकर ऐन २०५८ को ६,७ अनुसार कर लगाउन सकिने बताएको छ। इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने भाइबर, फेसबुक मेसेन्जर, स्काइप, ह्वाटस् एप, वीच्याट, इमो जस्ता एप्लिकेसनहरू नेपालमा निर्वाध रूपमा सञ्चालन भइरहेका छन्।

ती एप्लिकेसनहरू आयकर ऐनको दफा ६७ बमोजिम नेपालको कराधार क्षेत्रभित्र पर्ने भएकोले सेवा प्रदान गर्नुपूर्व दर्ता हुनुपर्नेमा कुनै पनि सेवाप्रदायक संस्था दर्ता नभएको र ती एप्लिकेसनले 'ओभर दि टप अफ सर्भिसेज'को माध्यमले सेवा दिएकोले टेलिफोन सेवाको महत्वपूर्ण हिस्सा इन्टरनेटको प्रयोग गरी एप्लिकेसनमार्फत सञ्चालन भएकाले तत्काल कर लगाउनुपर्ने सुझाव महालेखा दिएको हो। प्रयोगको कारण ह्रास आएको तर ती एप्लिकेसनमार्फत सेवा प्रदान गर्ने निकाय दर्ता नभएका कारण सम्भाव्य राजस्व गुमेकाले करको नयाँ आधार बसाउन सरकारलाई सुझाव दिइएको छ।


प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५, १२:१९:००
प्रतिक्रिया दिनुहोस्