बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु
अर्थ
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ७० हजार

सुनको भाउ तोलाको ७० हजार पुगेको छ। यो अहिलेसम्मकै उच्च रेकर्ड हो। साउन लागेयता लगातार बढ्दै आएको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो। छापावाल सुन हिजो एकै दिन १५ सय रुपैयाँ बढेर तोलाको ६९ हजार ५ सय रुपैयाँ पुगेको थियो। गत वर्ष साउन महिनामा सुनको मूल्य ५५ हजार ३ सय रुपैयाँ थियो। एक वर्षमै सुनको भाउ झण्डै १५ हजार वृद्धि भएको हो। चाँदी पनि हिजोको तुलनामा तोलामा १५ रुपैयाँ बढेर आज ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनचाँदीको भाउ लगातार उकालो लागेपछि बिक्री घटेको व्यवसायीको भनाइ छ। अहिले उपभोक्ताले पुराना गहना बिक्री गर्ने क्रम बढेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढेकाले मूल्य बढेको महासंघले जनाएको छ।
प्रकाशित मिति: बिहिबार, साउन २३, २०७६, १२:०८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार

लोकप्रीय समचार
- भूमि सम्वन्धी समस्या समाधानका लागि सैनामैनामा छलफल
- रुपन्देहीको सियारीमा लालपुर्जा वितरण
- रुपन्देहीको सियारीमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सुरु
- रूपन्देहीको सियारीमा मेलमिलापकर्ताहरूको सपथ ग्रहण
- आफुले बाचा गरे अनुसार विकास निर्माणका काम गरिरहेको छु ः संसद ढकाल
- रुपन्देहीको सियारीमा आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिका माध्यमबाट उपचार सेवा सुरु
- लालपुर्जा दिएर बल्ल चुनाव हुन्छ : प्रमुख ढकाल
- रुपन्देहीको सियारीमा कोभिड—१९ अस्थायी अस्पतालको सेवा सुरु