अन्तराष्ट्रिय

सुडानमा सैनिक ‘कु’ गरेको विरोधमा प्रदर्शन

रेडियो टाइम्स
`

सुडानमा सेनाले सैनिक ‘कु’ गरेको विरोधमा प्रदर्शन भैरहेको छ । राजधानी खार्तुममा हजारौँ नागरिक सैनिक ‘कु’ पछि लगाइएको कफ्र्युको उल्लंघन गर्दै विरोधमा उत्रिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।


चार महिना लामो आन्दोलनपछि सेनाले राष्ट्रपति ओमार अल बाशीरलाई बिहीबार राति पदमुक्त गरिएको घोषणा गरेको हो । तर प्रदर्शनकारीले सेना परिषद् एउटै शासक भएको भन्दै विरोध गरेका हुन् । संयुक्त राष्ट्रसंघ र अफ्रिकन युनियनले भने दुवै पक्षलाई शान्त रहन अपील गरेको छ । 


प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५, ०९:०४:००
प्रतिक्रिया दिनुहोस्