राष्ट्रिय

रुकुमपूर्वमा एकको भिरबाट लडेर मृत्यु

रेडियो टाइम्स
`

पुष २ सैनामैना  ।
रुकुमपूर्वमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–२ का ४२ वर्षीय धनबहादुर पुनको भिरबाट लडेर मृत्यु भएको हो।
नेकपा माओवादी केन्द्र सिस्ने गाउँ कमिटी सल्लाहकार सदस्य समेत रहेका पुन 
सिस्ने–५ ह्याप्लामा पूजाका लागि हिँडेका उनी बिहीबार दिउँसो सिस्ने–४ स्थित असारे चिउरा जाने बाटोबाट लडेर घाइते भएका थिए। उनलाई उपचारका लागि रुकुमपूर्व अस्पतालमा ल्याइएको थियो । 
गम्भीर घाइते पुनलाई थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा शुक्रबार  बिहान रुकुम पश्चिमको झुल्नेटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ।


प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८, ०६:५१:००
प्रतिक्रिया दिनुहोस्