स्थानीय

रुपन्देहीमा एक वडा सचिव घुस रकमसहित पक्राउ

रेडियो टाइम्स
`

२ पुष सैनामैना । 

रुपन्देहीमा एक वडा सचिव घुस रकम सहित पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोमद सिद्धिक पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता वेदप्रसाद भण्डारीले बताए ।

सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार खुस लिदै गर्दा शुक्रबार कार्यालयबाट नै पक्राउ गरिएको प्रवक्ता भण्डारीले बताए । घटनाका बारेमा अनुसन्धान भइरहेकोे अख्तियारले जनाएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८, ०६:३९:००
प्रतिक्रिया दिनुहोस्