स्थानीय

राष्ट्रिय

रुपन्देहीमा ७ लाख बढीको अवैध सामान बरामद

रेडियो टाइम्स
`

भैरहवा, २६ मंसिर ।
रुपन्देही प्रहरीले ७ लाख बढीको अवैध सामान बरामद गरेको छ । अवैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले ७ लाख १३ हजार २८ रुपैयाँ बराबरको सामान बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालयमातहत प्रहरी इकाईहरुले मंसिर २४ र २५ गते आ–आफ्नो वडा एरियाहरुबाट अवैध सामान फेला पारी स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय र पशु सेवा क्वारेन्टाईन चेक पोष्ट बेलहियामा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बेलहिया, मर्चवार, लुम्बिनी, मझगावा, मंगलापुर, प्रहरी बिट बसपार्क, प्रहरी चौकी दुवेथुमुवा, सुक्रौलीआमाबाट खटिएको टोलीले अवैध सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।
सिद्धार्थनगर नगरपालिका–१, मायादेवी गाउँपालिका–४, कोटहीमाई गाउँपालिका–५, तिलोत्तमा नगरपालिका–९, सिद्धार्थनगर नगरपालिका–३, लुम्बिनी सांस्कृतिक–१२ बाट सामानहरु बरामद गरिएको डीएसपी पौडेलले जानकारी दिए ।

बरामद गरिएको सामानमा खाद्यान्न, हार्डवेयरका सामान, कपडा, मेडिकल औषधी, किराना सामान, ब्रोईलर कुखुरा, बोका, पंखा, झुम्मर, लाईट, चप्पल, एम्लीफायर, सामान ल्याउन प्रयोग गरिएको मोटरसाइल लगायत रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


प्रकाशित मिति: आईतबार, मंसिर २६, २०७८, ०३:११:००
प्रतिक्रिया दिनुहोस्