स्थानीय

मुर्गियामा दुर्घटना : ७ जना घाइते 

रेडियो टाइम्स
`

सैनामैना, मंसिर ९ ।

रुपन्देहीको मुर्गियामा दुई बस ठोकिदा ७ जना घाइते भएका छन् । पुर्वबाट पश्चिम आउदै गरेको ना ६ ख २३३१ र पश्चिमबाट पुर्व जाँदैगरेको लु २ ख २५२ नम्बरको बास मुर्गियामा ठोकिएर दुर्घटनामा परेका हुन् । 
घाईतेहरुको लुम्बिनी प्रादशिक अस्पतालमा उपचार भैरहेको छ । एक जनाको अवश्था मध्यम रहेको र अन्य घाइते भएकाहरुको अवश्था सामान्य रहेको इलाका प्रहरी कार्यलय रन्यौरा मुर्गियाले जनाएको छ ।  पुर्वबाट आएको बसमा ३० र पश्चिमबाट आएको बसमा १५ जना सवार रहेको थिए ।


प्रकाशित मिति: बिहिबार, मंसिर ९, २०७८, ०७:४२:००
प्रतिक्रिया दिनुहोस्