राष्ट्रिय

रुपन्देही, कपिलवस्तु र दाङमा सवारी दुर्घटना ,, तीन जनाको मृत्यु

रेडियो टाइम्स
`

मंसिर ६,सैनामैना ।
रुपन्देही, कपिलवस्तु र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका–७ मेडरहवास्थित सडकमा बाटो क्रस गर्नेक्रममा टिपरको ठक्करबाट स्थानीय सन्तराम लोधको मृत्यु भएको छ ।
बागमती प्रदेश ०३–००१ क ०२५२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री ६२ वर्षीय लोधलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भर्तापुरस्थित सडकमा लु ३९ प ४९६९ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक २१ वर्षीय विशाल गिरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एडभान्स सिटी अस्पताल बुटवल हुँदै थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै दाङको शान्तिनगर गाउँपालिका–२ बहुला खोलास्थित सडकमा लु।४ त ७७७१ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँका टेवा बस्ने २२ वर्षीय लोकबहादुर वलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८, १६:२१:००
प्रतिक्रिया दिनुहोस्