स्थानीय

सैनामैनामा जनगणना सुरु

रेडियो टाइम्स
`

सैनामैना, कार्तिक २५ । 
रुपन्देहीको सैनामैना नगरिपालिकामा राष्ट्रिय जनगणना आज देखि सुरु गरिएको छ । सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले एक कार्यक्रमका विच सो कार्यक्रमको सुरुवात गर्नु भयो । 

आफ्नो तथा आफ्नो घर परिवारको सहि विवरण जनगणनामा खटिने सुपरिवेक्षक र गणकहरुलाई दिई सहयोग गर्न नगरवासीलाई नगर प्रमु्ख कार्कीले आग्रह गर्नु भयो । 

जनगणनालाई मर्यादित तरिकाले र निर्धारित समयमै गर्न सुपरिवेक्षक र गणकहरुलाई सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आग्रह गर्नु भयो । 

जनगणनामा सैनामैनाका ११ वटा वडामा ७१ वटा गणक क्षेत्रका लागि १८ जना सुपरीवेक्षक  र  ७४ जना गणक  खटिएका छन् । जनगणना कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म संचालन हुने छ । आज देखि देशभर जनगणना कार्य सुरु भएको छ । 


 


प्रकाशित मिति: बिहिबार, कात्तिक २५, २०७८, १६:१२:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुर्गियामा दुर्घटना : ७ जना घाइते  बिहिबार, कात्तिक २५, २०७८, १६:१२:००
आज लाग्ने चन्द्र ग्रहण बार्नु नपर्ने बिहिबार, कात्तिक २५, २०७८, १६:१२:००