स्थानीय

किसानलाई सैनामैना नगरपालिकाले ६० लाख बढि अनुदान दिदै 

रेडियो टाइम्स
`

नरेश चौधरी, सैनामैना, कार्तिक  १६ ।
रुपन्देहीको सैनामैना नगरपालिकाले किसानलाई अनुदानमा रकम दिने भएको छ । माछापालक, पशुपालक तथा खेति गर्ने किसानहरुलाई विभिन्न शिर्षकमा यन्त्र सहित ६० लाख बढिको अनुदान रकम दिन लागेको नगरपालिकाले जनाएको छ । 

कृषि पेशालाई सुदृढ, आर्थिक विकास तथा युवाहरुलाई उद्यामी बनाउनका लागि यस खालका अनुदानका कार्यक्रम राखिएको सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । यस कार्यक्रम अन्तरगत किसानहरुलाई यन्त्र वितरण, गोठ सुधार, माछापालन, तरकारी खेती गर्ने किसानहरुलाई ५० प्रतिशत अनुदान रकम तथा यन्त्र सहयोग गरिने उहाँको भनाई छ । बैदेशिक रोजगारीबाट फर्कीएका तथा कोभिडका कारण रोजगारी गुमाएकालाई प्राथमिकताका साथ अनुदान दिईने उहाँले बताउनु भयो । 

अनुदान वितरणका लागि नगरपालिकाले सुचिकृत हुन तथा निवेदन माग गरेको थियो जस अनुसार किसानहरुले आफ्नो प्रश्ताव सहित निवेदन नगरपालिकामा पेश गरेका थिए । निवेदन दिईएका किसानहरुको गोठ, पोखरी, तरकारी फर्मको स्थालगत अनुगमन गरिएको छ । सैनामैना नगरपालिका उपप्रमुख विना रानाले भन्नुभयो—‘माग भन्दा बढि निवेदन परेका छन् । हामीले स्थलगत अनुगम गरेका छौं, तिहार पछि बैठक बसि आवश्यकता र प्राथमिकताका आधारमा छनौट प्रकृया अघि बाढाई अनुदान दिनेछौं ।’ 

जस अनुसार छनौटमा पर्ने यहाँका ६ जना माछा पालक किसानलाई पोखरी सुधार तथा निर्माणका लागि ३ लाख ४७ हजार, माछापालक किसानको जाल महाजालका लागि दुई जनालाई एक लाख, गाई भैंसीको गोठ सुधार कार्यक्रमका लागि १७ जनालाई साढे आठ लाख, काउम्याट गाई भैसीका लागि २४ जनालाई ७ लाख, विद्युतिय चपकटर २० जनालाई ४ लाख, बंगुरको खोर निर्माण तथा सुधारका लागि ३ जनालाई डेढ लाख दिईने सैनामैना नगरपालिका    पशुविकास शाखाका पशुविकास अधिकृत  ईन्द्र वहादुर खड्काले जानकारी दिनुभयो । 

यस्तै तरकारी तथा खेति गर्ने किसानलाई कृषि टनेल निर्माणका लागि ६ जनालाई ६ लाख, गड्यौले मल उत्पादनका लागि ११ जनालाई ५ लाख ५० हजार दिईने छ । मिनी टिलरमा १४, पवर टेलर ९, बेसार पिस्ने मेसिन १, ग्रास कटरका लागि ६ जनाले निवेदन दिईका छन् । उनीहरुको अनुगमन पश्चात प्रथमिकताका आधारमा रकम छुट्टाईने छ, यस शिर्षकमा ५ लाख रकम रहेको छ ।  त्यस्तै लुसुन प्याज खेति ७ कट्ठामा गर्ने २२ जनालाई २० हजारका दरले र १५ कट्ठामा मसुरो लगाउने १० जना कृषकका लागि १० लाख बजेट छुट्टाईएको कृर्षि विकास शाखा अधिकृत सृजना खनाल सुवेदीले बताउनु भयो । 

अनुदान वितरणका लागि अनुगमन

निवेदन दिईएका तथा प्रश्ताव परेका किसानहरुको गोठ, पोखरी तथा कृषि फमको सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की, र उपप्रमुख विना रानाको नेतृत्वमा अनुगमन गरिएको छ । 

अनुदान मागका लागि पशु विकास शाखा र कृषि विकास शाखामा विभिन्न शिर्षकमा २४९ वटा निवेदन परेका छन् । 


 


प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८, १५:४९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुर्गियामा दुर्घटना : ७ जना घाइते  मंगलबार, कात्तिक १६, २०७८, १५:४९:००
आज लाग्ने चन्द्र ग्रहण बार्नु नपर्ने मंगलबार, कात्तिक १६, २०७८, १५:४९:००