स्थानीय

बेमौसमी वर्षले धानबालीमा क्षति पुर्‍याए पछि किसानका खेतमा : सैनामैनाका मेयर

रेडियो टाइम्स
`

८ कार्तिक रूपन्देही– 

रूपन्देहीको सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बेमौसमी वर्षाका कारण किसानहरुका धानबालीमा क्षति पुर्‍याए पछि गरिब तथा विपन्न परिवारका किसानलाई राहत उपलब्ध गराइने बताउनु भएको छ । 

कार्कीले बेमौसमी वर्षाका कारण सैनामैनामा धानबाली नष्ट भएको बताउँदै विपन्न किसानलाई राहत उपलब्ध गराइने प्रतिबद्धता जनाउनु भएको हो । नगरमा धानबालीको क्षतिबारे विवरण संकलनसँगै अनुगमनलाई तीव्रता दिइएको बता समेत उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी किसानको खेतबारीमा जान्छौँ । वर्षाले धानबालीमा पु¥याएको क्षति अनुगमन गरी किसानलाई सक्दो राहत उपलब्ध गराउनेछौँ ।’ 

कार्कीका अनुसार क्षति विवरण संकलनपछि सैनामैनाको विपद् व्यवस्थापन समितिमार्फत सक्दो सहयोग उपलब्ध गराइनेछ । अनुगमन नगरपालिका र वडा कार्यालय सबैबाट भइरहेको र क्षतिका आधारमा राहत दिइने उहाँको भनाइ छ । किसानहरुको पिडामा मलहम लगाउन तीन तहका सकारले समन्वय गरि राहत उपलब्ध गराउनु पर्ने उहाँको भनाई छ ।


प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८, १६:३३:००
प्रतिक्रिया दिनुहोस्