स्थानीय

कपिलवस्तुको कृष्णनगरमा फेरि बढे झाडापखालाका बिरामी

रेडियो टाइम्स
`

कात्तिक ५, कपिलवस्तु ।  
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फेरि झाडापखालाका बिरामी बढ्न थालेका छन् । दशैँ अगाडिसम्म बिरामीको सङ्ख्या निक्कै कम भएकामा अहिले बिरामीको सङ्ख्या फेरि बढ्न थालेको हो ।
असोजको १८ गतेदेखि  झाडापखालाको प्रकोप फैलिए पछि शिवराज अस्पतालमा उपचार गर्न जाने बिरामीको सङ्ख्या ३ सय ९८ सम्म पुगेको थियो । 
अहिले दैनिक ३० देखि ३५ जनासम्म उपचारका लागि पुग्ने गरेका शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले जानकारी दिनुभयो । अहिले स्वास्थ्यकर्मीको टोली प्रभावित ठाउँमा गएर जनचेतना फैलाउने लगायतको काम गरिरहेको छ।
अहिले त्यस क्षेत्रमा ७ जना डाक्टर र ५० जना बढी स्वास्थ्यकर्मी उपचारमा खटिएका छन् । 


प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८, १५:१८:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुर्गियामा दुर्घटना : ७ जना घाइते  शुक्रबार, कात्तिक ५, २०७८, १५:१८:००
आज लाग्ने चन्द्र ग्रहण बार्नु नपर्ने शुक्रबार, कात्तिक ५, २०७८, १५:१८:००