स्थानीय

रुपन्देहीमा १६ लाख बढी मूल्यका सामग्री बरामद

रेडियो टाइम्स
`

कार्तिक ०४, भैरहवा ।
रुपन्देही प्रहरीले बिहीबार भन्सार छलेर नेपाल भित्र्याइएको १६ लाखभन्दा बढी मूल्यका विभिन्न सामान  बरामद गरेको छ ।
भैरहवादेखि करिब १२ किमी पूर्व रोहीणी गाउँपालिकामा पर्ने सिमावर्ती गाउँ भगवानपुरबाट ती सामान प्रहरीले बरामद गरेको हो । बरामद गरिएको सामानमा, टिसर्ट, साडी, मोबाइल डिस्प्ले, सर्ट, बच्चाको सेट कपडा, चुन्नी, टप्स, लेहेगांलगायतका छन् ।

सामान बरामद गरिएको स्थानबाटै प्रहरीले सामान ओसार्नका लागि प्रयोग गरिएको लु १२ प ४०५७ नम्बरको पल्सर मोटरसाइकल पनि बेवारिसे अवस्थामा बरामद गरेको छ । रुपन्देहीका एसपी मनोज केसीले प्रहरीलाई देख्नासाथ तस्करको समूह मोटरसाइकल र सामान छाडेर फरार भएको बताए ।

बरामद गरिएको सबै सामान र मोटरसाइकल बिहीबार नै भैरहवा भन्सार कार्यालयमा चलान गरिने जानकारी दिए ।रुपन्देही प्रहरीले बुधबारपनि जिल्लाको विभिन्न स्थानबाट यसरी नै भन्सार छलेर नेपाल भित्र्याइएका ३ लाख १३ हजार बराबरको तयारी पोशाक, सिरकको खोल, मसाला, जुत्ता लगायतका विभिन्न खाद्य सामाग्री बरामद गरेको थियो ।

एसपी केसीले गत वैशाखदेखि हालसम्म भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याइएका ५ करोड ९६ लाख रुपैयाँ मूल्यका विभिन्न सामान बरामद गरी भन्सार पठाइएको जानकारी दिए ।


प्रकाशित मिति: बिहिबार, कात्तिक ४, २०७८, १७:४२:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुर्गियामा दुर्घटना : ७ जना घाइते  बिहिबार, कात्तिक ४, २०७८, १७:४२:००
आज लाग्ने चन्द्र ग्रहण बार्नु नपर्ने बिहिबार, कात्तिक ४, २०७८, १७:४२:००