खेलकुद

विश्व कप क्रिकेटमा आयरल्यान्ड ७० रनले पराजित

रेडियो टाइम्स
`

काठमाण्डाै -

आईसीसी टी–ट्वान्टी विश्व कप क्रिकेटमा श्रीलङ्काले  आयरल्यान्डलाई ७० रनले पराजित गरेको छ । गएराति आबुधाबीमा भएको खेलमा आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलङ्काले लगातार दोस्रो जित निकालेको हो । श्रीलङ्काले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।

आयरल्यान्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन बनाए । यस्तै कर्टिस क्याम्फरले २४ रन जोड्दा आउट भए । अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । आयरल्यान्डलाई सस्तैमा समेट्न श्रीलङ्काका महेश थिकसानाले ३ विकेट लिए ।

लाहिरु कुमारा र चामिका करुनारत्नेले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेकाे श्रीलङ्काले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । श्रीलङ्काका वानिन्दु हसरङ्गा डी सिल्भाले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले । यसअघि हिजो भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।  
 


प्रकाशित मिति: बिहिबार, कात्तिक ४, २०७८, १४:५५:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुर्गियामा दुर्घटना : ७ जना घाइते  बिहिबार, कात्तिक ४, २०७८, १४:५५:००
आज लाग्ने चन्द्र ग्रहण बार्नु नपर्ने बिहिबार, कात्तिक ४, २०७८, १४:५५:००