राष्ट्रिय

प्रधानमन्त्री देउवाद्वारा बाढीपहिरो प्रभावितलाई थप राहतको व्यवस्था गर्ने प्रतिबद्धता

रेडियो टाइम्स
`

कात्तिक ४, काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित ठाउँको अध्ययन गरेर प्रभावितलाई थप राहतको व्यवस्था गर्ने बताउनुभएको छ ।

आज बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न सुदूरपश्चिम प्रदेश जाने क्रममा सुर्खेत विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई थप राहतको व्यवस्था गर्ने बताउनु भएको हो । 

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालले पनि ठूलो क्षति बेहोर्नु परेको भन्दै जलवायु परिवर्तनको असरले गरेको क्षतिको बारेमा अन्तर्राष्ट्रियस्तरमा नेपालको समस्या उठान गर्ने समेत बताउनुभएको छ । 


प्रकाशित मिति: बिहिबार, कात्तिक ४, २०७८, १२:३३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुर्गियामा दुर्घटना : ७ जना घाइते  बिहिबार, कात्तिक ४, २०७८, १२:३३:००
आज लाग्ने चन्द्र ग्रहण बार्नु नपर्ने बिहिबार, कात्तिक ४, २०७८, १२:३३:००