राष्ट्रिय

एमालेको महाधिवेशन प्रतिनिधि बन्नका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य  भएको हुनुपर्ने

रेडियो टाइम्स
`

काठमाडौं :
नेकपा एमालेको महाधिवेशन प्रतिनिधि बन्नका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य  भएको हुनुपर्ने मापदण्ड बनाएको छ। पार्टीको संशोधित विधानले महाधिवेशन प्रतिनिधि बन्नका लागि लागि १० वर्ष सदस्य भएको हुनुपर्ने मापदण्ड तोकेको हो। महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिले भने पार्टी सदस्य भएको सात वर्ष पुगे महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था विधानमा गरिएको छ।

त्यस्तै एमालेको केन्द्रीय सदस्य हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भएको हुनुपर्ने व्यवस्था गरिएको छ। एमालेको महाधिवेशन आगामी मंसिरमा तोकिएको छ।


प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८, १५:३८:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुर्गियामा दुर्घटना : ७ जना घाइते  मंगलबार, कात्तिक २, २०७८, १५:३८:००
आज लाग्ने चन्द्र ग्रहण बार्नु नपर्ने मंगलबार, कात्तिक २, २०७८, १५:३८:००