अन्तराष्ट्रिय

भारतको उत्तराखण्डमा बाढी पहिरोमा परि १७ जनाको मृत्यु : मृत्यु हुनेमा तीन नेपाली पनि 

रेडियो टाइम्स
`

भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा परि १७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन नेपाली पनि रहेको प्रहरीले जनाएको छ।

तीन दिनदेखि परेको भीषण वर्षापछिको बाढी र पहिरोमा केही मानिस हराइरहेका छन्। बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पुर्‍याएको छ भने पर्यटकहरू बिचल्लीमा परेका छन्।

पाउरी जिल्लामा वर्षापछिको पहिरोमा बगेर मृत्यु भएका पाँच जनामध्ये तीन नेपाली श्रमिक रहेको जिल्ला म्याजिस्ट्रेट विजय कुमारले भारतीय समाचार संस्था एनडीटीभीलाई बताए। उत्तराखण्डमा अझै केही दिन वर्षा हुने भारतको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ।


प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८, १५:२१:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुर्गियामा दुर्घटना : ७ जना घाइते  मंगलबार, कात्तिक २, २०७८, १५:२१:००
आज लाग्ने चन्द्र ग्रहण बार्नु नपर्ने मंगलबार, कात्तिक २, २०७८, १५:२१:००