अन्तराष्ट्रिय

रुसले आयोजना गरेको अफगानिस्तानबारेको वार्तामा अमेरिका सहभागी नहुने

रेडियो टाइम्स
`

२ कात्तिक :

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्ताका आफू सहभागी नहुने जनाएको छ । यसै हप्ता अफगानिस्तानका विषयमा रुसले वार्ताको आयोजना गरेको छ । तर सो वार्तामा आफू सहभागी नहुने अफगान विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भनेका छन् – केही प्राविधिक कारणहरुले गर्दा रुसले आयोजना गरेको त्यस वार्तामा हामी सहभागी हुन सक्दैनौँ । तर ती के प्राविधि कारण हुन् भन्ने बारेमा भने उनले केही बताएका छैनन् । उता रुसका विदेशमन्त्रीले भने यसै हप्ता रुसले अफगानिस्तानका विषयमा वार्ताको आयोजना गरेको र त्यसमा अमेरिकालाई पनि आमन्त्रण गरिएको बताएका थिए ।-सिन्ह्वा/Photo: Agency


प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८, १३:३०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुर्गियामा दुर्घटना : ७ जना घाइते  मंगलबार, कात्तिक २, २०७८, १३:३०:००
आज लाग्ने चन्द्र ग्रहण बार्नु नपर्ने मंगलबार, कात्तिक २, २०७८, १३:३०:००