राष्ट्रिय

मुगुमा बस दुर्घटना : मृत्यु हुनेको संख्या २३ पुग्यो 

रेडियो टाइम्स
`

रुपन्देही ।

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।  मुगुको छायानाथ रारा नगरपालिकास्थित पर्चानीमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको हो। नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर रारा गाउँपालिका–७ पिनागाउँमा दुर्घटना भएको हो।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दुर्घटनामा २३ जनाको ज्यान गएको र १७ जना घाइते भएको जानकारी दिनुभायो। घाइतेहरूको उद्दारकार्य जारी रहेको उनले जानकारी दिए। 


प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८, १५:२४:००
प्रतिक्रिया दिनुहोस्