स्थानीय

रूपन्देहीकाे माेतिपुरमा भएकाे झडपमा तिनजनाको मृत्यु

रेडियो टाइम्स
`

असोज २४ / रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परि घाइते भएका तिनजनाको मृत्यु भएको छ। झडपमा परि घाईते भएका तिनजनाको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवामा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।

बुटवल वडा नं. १७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जागरि बसेकाहरुलाई हटाउने क्रममा आईतवार प्रहरीले जग्गा कब्जा गरि बसेकाहरु विच झडप भएको थियो । सोहि क्रममा तिन जना सर्वसाधारको मृत्यु भएको मेडिकल कलेजका प्रशासन प्रमुख शुशिल गुरुङले जानकारी दिए।

बुटवल मोतिपुरको झडपमा परि घाईते भएका ८ जना सर्वसाधारण र ५ जना प्रहरी गरि १३ जनालाई मेडिकल कलेजमा ल्याईएको थियो, ति मध्ये ३ जनाको अस्पताल ल्याउंदा नै मृत्यु भईसकेको थियो।’ एकजनाको उपचारको क्रममा मृत्यु भएको हो। गुरुङले भने।

मृत्युहुनेमा कपिलबस्तुको बांणगंगाका ४८ बर्षिय रमेश परियार रहेका छन। अन्यको पहिचान खुल्न सकेको छैन्।

घाईतेमध्ये एकजना सर्वसाधारणको अवस्था गम्भिर रहेको छ भने अरु घाईतेहरुको अवस्था सामान्य रहेको गुरुङले जानकारी दिए।

स्थानीय प्रशासनले भने मृत्यु भएको बारे केही जानकारी दिएको छैन। रुपन्देहीका प्रहरी प्रमुख मनोज केसिले मृत्यु भएकोबारे आफुलाई जानकारी नभएको बताए।


प्रकाशित मिति: आईतबार, असोज २४, २०७८, २०:५१:००
प्रतिक्रिया दिनुहोस्