स्थानीय

सैनामैनामा बजार अनुगमन, अनुगमनलाई प्रभावकारी बनाउन उपभोक्ताहरुको आग्रह

रेडियो टाइम्स
`

सैनामैना असोज २३ ।
रुपन्देहीको सैनामैना नगरपालिकाले आज नगरभित्र रहेका विभिन्न उपाभोग्य सामाग्रीहरुको बजार अनुगमन गरेको छ । कोभिडका कारण लामो समयसम्म रोकिएको बजार अनुगमन चाडपर्वको आगमनसँगै निरन्तरता दिईएको हो ।

विक्रेताले बिक्री गर्ने बस्तु र उपाभोक्ताहरुले गुणस्तरिय बस्तु उपभोग–खरिद गर्ने तथा सचेतनानका लागि बाजार अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । शनिबार बुद्धनगर, कलौनीमा रहेका ब्यवासयिक पसलहरुमा अनुगमन गरिएको छ । रानिबगिया, मुर्गिया, बुद्धनगर, कलौनी, बाँसगढी, सालझण्डी लगाएत क्षेत्रमा समय समयमा बजार अनुगमन गरिएको र आगमी दिनमा पनि अनुगमनलाई निरन्तरता दिईने सैनामैना नगरपालिका प्रशासन शाखाका अधिकृत रामकुमार भट्टराईले बताउनु भयो ।  बाजार अनुगमनका क्रममा म्याद नाघेका विभिन्न प्यय पादार्थ, खाद्यन्न बस्तु, भेटिएको थियो । मानव स्वास्थ्य महत्वपुर्ण भएकोले ब्यवसयीहरु ब्यापार गर्दा गुणस्तरमा ध्यान दिन उहाँले आग्रह गर्नु भयो ।

अनुगमनका क्रममा राजमार्ग तथा बाटाका छेउमा अव्यवस्थितरुपमा पसल थापेकालाई पसल हटाउन सुझाव दिईएकाे छ । खाद्यसामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दुध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेबल आदिमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा फेला परेका कमसल सामग्रीलाई जफत गरी नष्ट गर्ने, कागजी प्रकृया नपुगेकालाई सुझाव दिईएको र अटेर गर्नेको पसल बन्द गर्ने चेतावनी दिइएको सैनामैना उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष दुर्गा गौतमले बताउनु भयो । 

बजार अनुगमन उपभोक्तहरुको हितमा रहेकोले यस कार्यलाई निरन्तरता दिन र अनुगमनलाई प्रभावकारी बनाउन स्थानीय उपभोक्ताहरुले अनुगमनका क्रममा रहेकाे टोलिलाई आग्रह गरेका छन् । 

अनुगमनमा सैनामैना नगपालिकाका प्रशासन शाखाका अधिकृत राम कुमार भट्टराई, सैनामैना उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष दुर्गा गौतम, सैनामैना उधोग बाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्का, सैनामैना ब्यापार संघका अध्यक्ष जीवनाथ पाण्डे, सुरक्षकर्मी, नगरपालिकाका कर्मचारी लगाएतको उपास्थिति रहेको थियो । 

बजार अनुगमनलाई निरन्तरता दिइने छ । म्याद नाघेका तथा बाजार अनुगमनमा भेटिएका अखद्यपदार्थहरु जम्मा गरि नस्ट गरिने नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: शनिबार, असोज २३, २०७८, २१:४३:००
प्रतिक्रिया दिनुहोस्