स्थानीय

मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

रेडियो टाइम्स
`

सैनामैना असोज २१ ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ स्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले नेपालीहरुको महान चाड वडा दशैं, दिपावली तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विहिबार एक कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । 

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति फणेन्द्र प्रसाद शर्मा, नेकपा एमाले जिल्ला सचिवलय सदस्य खुसिराम चौधरी, नेपाली कांग्रेसका राम प्रसाद अधिकारी, सैनामैना नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रत्न बहादुर पौडेल, वडा नं. ४ का वडा अध्यक्ष धन बहादुर कार्की, खानेपानी संस्थाका अध्यक्ष शालिकराम भण्डारी, संस्थाका सचिव तरानाथ वेल्बासे लगाएतले कार्यक्रममा  बोल्नु भएको थियो ।  कार्यक्रममा सैनामैना नगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि, संघ सस्था, टोलविकास सस्थाका प्रतिनिधि लगाएतले शुभकामना आदानप्रदान गरेका थिए । साथै सो कार्यक्रममा सघन सरसफाईका विषयमा पनि छलफल गरिएको थियो । 
 


प्रकाशित मिति: बिहिबार, असोज २१, २०७८, १९:५५:००
प्रतिक्रिया दिनुहोस्