स्थानीय

गैडहवामा जसपाको जनजागरण अभियान शूरु

रेडियो टाइम्स
`

जनता समाजबादी पार्टी जसपा गैडहवा गाउँपालिकाले संगठन सुदृढीकरण तथा जनजागरण अभियान शुरु गरेको छ । पार्टीको केन्द्रीय नीति अनुसार जसपाले गाउँपालिकामा कार्यकताहरुका बिचमा जनजागरण अभियान सुरु गरेको हो ।

जसपाका केन्द्रीय सदस्य तथा पुर्वबन मन्त्री मोहमद मुशलमानले गैडहवा गाउँपालिकामा जनजागरण अभियानको सुरुवात गर्दै पार्टीलाई बलियो र सुदृढीकरण गर्नको लागि कार्यकर्ता माझ अभियान सुरुवात गरेको बताउँनुभयो ।

पार्टीको नीति र शिद्धान्तको बारेमा जानकारी दिनको लागि अभियान सान्दर्भिक हुने उँहाले बताउँनुभयो । जसपा गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केबटले पालिकाका ९ वटै वडामा अभियान सुरुवात गरिने जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका उँहाले संघीयताको मर्म अनुसार पालिकामा अवधी र भोजपुरी भाषामा किताव प्रकाशन र विद्यालयमा पठनपाठन सुरुवात गरिएको जानकारी दिनुभयो ।

जसपाका केन्द्रीय सदस्य तथा पुर्व सांसद ओमप्रकाश यादब, केन्द्रीय सदस्य अब्दुल रहमान , प्रदेश महिला उपाध्यक्ष धनेश्वरी चौधरी ,जिल्ला सदस्य तुलसीराम यादब लगायतले कार्यक्रममा बोलेका थिए ।

 

 


प्रकाशित मिति: बुधबार, असोज २०, २०७८, २०:१८:००
प्रतिक्रिया दिनुहोस्