स्थानीय

रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा आमाछोराको मृत्यु

रेडियो टाइम्स
`

रुपन्देही, १२ आश्विन ।

रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा आमाछोराको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तरगत सैनामैना ५ बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

कलेज जान हिँडेका छोरालाई बाटोसम्म पुर्‍याउन आएकी आमा समेतलाई ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन्। मृत्यु हुनेमा सैनामैना ५ का ४२ वर्षिया राधा भट्टराई र २२ वर्षिया महेश भट्टराई रहेको प्रहरीले जानकारी दिएको छ । उनिहरु आमाछोरा हुन । 

बुद्धनगरको प्रतिक्षालयमा गाडी कुरेर बसेका उनिहरुलाई पश्चिमबाट आएको ट्रकले ठक्कर दिएको स्थानीयले जानकारी दिएका छन ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र राप्ती नगरपालिका चितवनका चालक धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८, ०८:२८:००
प्रतिक्रिया दिनुहोस्