स्थानीय

अनेरास्ववियु सैनामैना नगर कमिटी गठन

रेडियो टाइम्स
`

 उमा रसाली 
 असोज –३, सैनामैना ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सैनामैना नगर कमिटीले नगर भेला सम्पन्न गरेको छ । आज सैनामैना ८ कलौनीमा  रहेको ह्वाईट हाउस पार्टी प्यालेसमा एक कार्यक्रमका बिच नगर भेला सम्पन्न गरेको हो । 
नगर भेलाले गणेश अर्यालको अध्यक्षतामा ५५ सदस्यीय सहित नयां नगर कमिटी गठन गरेको छ । 
उपाध्यक्षमा पवन भुसाल र भोजराज भण्डारी, सचिवमा सुरज रिजाल, सह– सचिवमा सीता पौडेल, उमा रसाली, सृजन भट्टराई,कोषाध्यक्षमा जिवन न्यौपाने रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा अनेरास्ववियु केन्द्रिय कमिटि सचिवालय सदस्य लेखनाथ खनालले सैनामैना नगरभित्र रहेका क्याम्पसमा अध्ययनरत विद्यार्थी भन्दा पनि बुटवल लगाएत नगरबाहिर अध्ययनरत विद्यार्थीलाई यहा जुझारु  अनेरास्ववियु कमिटीमा आबद्ध  गराउनु कमिटी गठन गर्नुको उद्धेश्य रहेको प्रकाश पार्नुभयो। उहाले कमिटीका पदाधिकारी तथा सदस्यहरुले निस्वार्थ भावनाका साथ सक्रिय रहि सामाजिक कार्यमा अग्रसर हुनुपर्ने बताउनु भयो । 
अनेरास्ववियु केन्द्रिय सदस्य सिमा घिमिरे,रा.प.ष.सदस्य नारायण अर्याल,ऋषिराम रिजाल लगाएतले आ–आफ्नो भनाई राख्दै नवगठित कमिटीलाई बधाई तथा सुभकामना व्यक्त गर्नभएको थियो । साथै कमिटीका निर्वतमान उपाध्यक्ष गणेश अर्यालले स्वगत मन्तव्य राख्नु भएको थियो भने सचिव सुरज रिजालले कार्यक्रमको सञ्चालनमा गर्नुभयो ।


प्रकाशित मिति: ३ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्