स्थानीय

सैनामैनाका ६ जना दृष्टिबिहिन युवाहरु आत्मानिर्भर बन्दै

नरेश चौधरी
`

रुपन्देहीको सैनामैना नगरपालिकाका वडा नं. १ का ६ जना दृष्टिबिहिन युवाहरु मिलेर संयुक्त रुपमा उत्पादन मूलक व्यवासय सुरु गरेका छन् । सैनामैना १ चेथरीका स्थानीय दिनेश प्रसाद थारु, सानु थारु, ओम सुनार, मैया लम्साल र लोकराज पोखरेल मिलेर अगरबत्ती, फिनाईल, हार्पिक लगाएतका समाग्री उत्पादन गरिरहनु भएको छ । 

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत सैनामैना नगरपालिकाले रु.१ लाख ६४ हजार ४ सय ९ रुपैयाँ अनुदानमा रकम उहाँहरुलाई दिईएको थियो । 
आर्थिक सहयोग पाए पछि अगरबत्ती, फिनाईल र हार्पिक उत्पादनमा लागेको दिनेश प्रसाद थारुले  बताउँनुभयो । नगरपालिकाले आर्थिक सहयोग गरेपछि यस प्रकारको व्यवासय गर्न सहास मिलेको र अहिले आफुहरुले मासिक ३० हजार बराबरको आम्दानी गर्न सफल भएको उहाँले बताउनु भयो । 

आफुहरु दृष्टिविहिन भए पनि समाजमा केही गर्नु पर्छ भन्ने उद्देश्यका साथ यस प्रकारको ब्यवासय सुरु गरेको उहाँहरुको भनाई छ । आफुहरुले उत्पादन गरेको बस्तु स्थानीयस्तरमा विक्री गर्ने गरेको र यसलाई विस्तारै बढाउदै लैजाने सोंच रहेको दिनेश प्रसाद थारुले  बताउँनुभयो । आत्मानिर्भर हुने उद्देश्यले आफुहरु यसखालको व्यवासय सुरु गरेको उहाँको भनाई छ ।  

दृष्टिबिहिन भएका युवाले उत्पादन गरेका सामाग्रीहरुको बजारको ब्यवस्थापन गर्नको लागि प्रदेश तथा स्थानीय सरकारले ध्यान दिनु पर्ने राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सचिब हुमनाथ अधिकारीले बताउँनु भयो । 

दृष्टिविहिन युवाहरुले उत्पादन गरेका अगरबत्ती खरिद गर्दै सो व्यवासयको उद्घाटन सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले गनृुभयो । दुष्टिविहिन युवाहरुको संयुक्तरुपमा उत्पादन गरिएका समाग्रीहरु गुणस्तरिय रहेको बताउदै, यसको बजार ब्यवस्थापनको लागि नगरपालिकाले सहयोग गर्ने समेत बताउँनुभयो ।  

उत्पादन गरिएका ती समाग्रीहरु गुणस्तरिय रहेकाले ब्राण्डीङको आवश्यकता रहेको कार्कीको भनाई छ । युवाहरुले गरेको ब्यवासय पे्ररणाको श्रोत भएकोले यसको सिको अरुले गर्न सके बेरोजगार भएर भौतरीनु नपर्ने उँहाले बताउनुभ भयो । 


प्रकाशित मिति: आईतबार, भदौ २७, २०७८, १९:२४:००
प्रतिक्रिया दिनुहोस्