स्थानीय

नेपाली काँग्रेस सैनामैना नगर सभापति पदमा नारायण खनालको उम्मेद्वारी घोषणा

रेडियो टाइम्स
`

सैनामैना, भदौं २५ ।
नेपाली काँग्रेस सैनामैना नगर सभापति पदमा नारायण खनालले उम्मेद्वारी घोषणा गर्नु भएको छ ।  खनालले आज पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषण गर्नु भएको हो । 

उहाँले भन्नुभयो - " म निर्वाचित भएमा नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान्छु गुटउपगुट बनाउने बातावरण दिने छैन, अहिले वडा तथा नगरमा नेपाली कांग्रेको भवन छैन, म पहल गरि बनाउछु, यसका लागि मलाई निर्वाचित गर्नुहुन अनुरोध गर्दछु ।"

खानाल लामो समय देखि नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्छ ।  वडा तहको अधिवेशन सकिए पछि अहिले नगरतर्फ चुनाव केन्द्रित छ । सैनामैना नगरपालिकाको ११ वटा वडामा कतै सर्वसम्मत त कतै निर्वाचनको मध्यमबाट वडा कार्य समिति चयन भएको छ भने क्षेत्रीय प्रतिनिधि पनि निर्वाचित भएका छन् । 

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत यहि आसोज ९ गते नगर अधिवेशन हुदै छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८, २०:०१:००
प्रतिक्रिया दिनुहोस्