स्थानीय

सैनामैनामा रेग्मीको नेतृत्वमा राष्ट्रिय युवा संघ नेपाल गठन 

रेडियो टाइम्स
`

भदौ २०, २०७८, सैनामैना ।
नेकपा एमाले निकट भातृ संगठन न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा समाज परिवर्तन युवाको काँधमा भने मुल नाराको साथ स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल सैनामैनाले संगठन विस्तार गर्न तीब्र गतिमा लागेको छ । त्यस्तै आईतबार सैनामैना नगरपालिकाको वडा नम्बर २ मा युवा भेला तथा अधिवेशन सम्पन्न भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल वडा नं २ को बृहत भेलाबाट बिष्णु रेग्मीकोे नेतृत्वमा ५८ सदस्यीय रहने गरि वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा शेर बहादुर गाहा, सचिवमा किशोर जंग कार्की, सहसचिव पुरन राना रहनुभएको छ । 
राष्ट्रिय युवा संघ नेपाल वडा नं २ को नवगठित कमिटिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले सामाजिक परिर्वतको मुल जिम्मेवारी यूवाहरुको काध हुनु पर्ने बताउनु भयो । यसका लागी यूवाहरु एकजुट भई ईमान्दारीका साथ सामाजिक, आर्थिक र संगठनिक कार्यमा हुन जरुरी रहेको कार्कीले बताउनु भएको थियो । राष्टिय यूवा संग नेपाल एउटा गौरव र ईतिहास बोकेको संगठन भएकोले यसमा आवद्ध यूवाहरु संगठनको मर्म अनुसार अगाडी बढन समेत कार्कीले यूवाहरुलाई आग्रह गर्नु भयो ।  
समाजमा भएको बिकृति र अन्यायको बिरुद्ध आवाज उठाउने उद्धेश्यले पार्टीको अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा यूवा संघ नेपाल गठन भएको नगर ईन्चार्ज खुशीराम चौधरीले बताउनुभयो । यूवासंघमा आवद्ध यूवाहरु अनुशासित, ईमान्दर र ईलम यूक्त हुन जरुरी रहेको समेत ईन्चार्ज चौधरीको भनाई छ । 
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य एव सैनामैना नगर कमिटी नगर अध्यक्ष प्रेम थापा, नेकपा एमाले नगर संयोजक चेत नारायण न्यौपाने, सैनामैना वार्ड नं २ का वडाअध्यक्ष कामदेव भुषाल नेकपा एमालेका दुर्गा गौतम, अमर कडेल, अनेमा संघ सैनामैनाका अध्यक्ष मन्जु ज्ञवाली, अनेरास्वाबियू का रिषी रिजाल, राष्ट्रिय युवा संघ नेपाल युवा संघ नेपाल जिल्ला सदस्य सचिवालय सदस्य नारायण थापा लगायतले नवगठित कमिटिलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।


प्रकाशित मिति: आईतबार, भदौ २०, २०७८, १७:२७:००
प्रतिक्रिया दिनुहोस्