स्थानीय

सैनामैनामा निःशुल्क विद्युत मिटर वितरण

नरेश चौधरी
`

सैनामैना, भदौं २०
सैनामैना नगरपालिकामा निःशुल्क विद्युत मिटर वितरण गरिएको छ । सैनामैना नगरपालिका र विद्युत प्राधिकरणको सहकार्यमा विद्युत मिटर वितरण गरिएको हो । गरिव, अति विपन्न परिवार भएका सैनामैनाका १०० घरधुरीलाई विद्युत मिटर वितरण गरिएको नेपाल विद्युत प्राधिकरण बुटवलले जनाएको छ ।
कोही पनि अध्यारोमा बस्न नपरोस भन्ने उद्यश्यले गरिव तथा अतिविपन्न परिवार पहिचान गरि नगरपालिका र विद्युत प्राधिकरणको सहकार्यमा विद्युत मिटर वितरण गरिएको सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताउनु भयो । समस्यामा परेका नगरवासीलाई वडामा आफ्नो समस्या राख्न उहाँले अनुरोध गर्दै भन्नु भयो —‘तपाईहरुका तथा टोलका केही समस्या भए वडामा निर्धाक्क भन्नुहोला त्याहाँ भन्न नसके वा सुनुवाई नभए सिधै मलाई भन्नुहोला, म सुन्छु ।’ सैनामैना नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि विकास निर्माणका कार्य धेरै भएको र बाकीं योजनाहरुलाई क्रमशः गर्दै जाने समेत बताउनु भयो । 

यस क्षेत्रमा भएको लो—भोल्टज तथा विद्युतमा भएका समस्या समाधनका लागि नेपाल विद्युत प्राधिकरण र सैनामैना नगरपालिकाको सहकार्यमा सैनामैनाको साल्झण्डीमा सब स्टेशन निर्माण गर्न लागिएको नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश प्रादेशिक कार्यलयका निर्देशक नवराज ओझाले बताउनु भयो । उहाँले भन्नु भयो—‘नयाँ सव स्टेशन निर्माणका लागि सैनामैना नगरपालिकाले जाग्गा ब्यावस्थापन गरेको छ, टेन्डर पनि भैसकेको छ, सवस्टेशन निर्माण पश्चात यहाँहरुको घरमा लोभोल्टेजको समस्या हट्ने छ ।’

नेपाल सरकारको निति अनुसार २० यूनित सम्म बिजुली खपत गर्ने गरिब परिवारलाई निशुल्क बिधुत उपलब्द गराईएको नेपाल बिधुत प्राधिकरण बुटवल शाखाका प्रमुख सुरेश कुमार महतोले बताउनु भयो । आफुले खपत गरेको बिधुत महसुल ईमान्दारी पुर्वक प्राधिकरणलाई भुक्तान गर्न समेत प्रमुख महतोले सबैमा आग्रह गर्नु भयो । 

कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख विना राना, सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष डोलनाथ भण्डारी लगाएतले बोल्नु भएको थियो । 


प्रकाशित मिति: आईतबार, भदौ २०, २०७८, १६:२९:००
प्रतिक्रिया दिनुहोस्