स्थानीय

सैनामैना लियाे मिस तीज २०७८ काे फाईनल शनिबार हुने

रेडियो टाइम्स
`

सैनामैना, भदौ १८ ।
लियाे मिस तीज २०७८ काे शानिबार फाईनल हुने भएकाे छ । ९ओैं संस्करणका रूपमा रहेकाे लियाे मिस तीजकाे फाईनल सैनामैना-१०, सालझण्डीमा गर्न लागिएको लियाे क्लब अफ सैनामैनाले बताएकाे छ । कार्यक्रमको पुर्व सन्ध्यामा पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराएको हाे। 

यस वर्षको मिस तीज २०७८ को प्रतिभा खोजि आवेदन पहिलो अडिसनका लागि ३० जना  प्रतिस्पर्धी रहेका थिए जस मध्य १५ जना प्रतिस्पर्धी फाइनल चरणमा प्रबेश गरेका छन्  ।

लियो मिस तीज विजेताले नगद २५ हजार, फस्ट रनअपले नगद १५ हजार, सेकेन्ड रनअपले नगद १० हजार पाउने छन् । विजेताहरूलाई क्रउन, ट्रफी प्रमाणपत्र, तालिम, लगाएत विभिन्न पुरस्कार दिईने कार्यक्रम संयाेजक प्रदिप ढकालले बताउनु भयाे । लियो मिस तिज विजेतालाई फिल्म, म्युजिक भिडियोमा मोडलिङ्, जिविको पर्जन  तथा व्यक्तित्व विकास गर्न क्लवले सहयाेग गर्ने समेत उहाँले बताउनु भयाे ।

क्लबले स्थापनाकालदेखि नै विभिन्न समाजिक कार्य गर्दै आएकाे क्लबका अध्यक्ष सुमान पाैडेलले बताउनु भयाे । नारिहरुको महान् चाड हरितालिका तिजको अवसरमा गरिएको यस कार्यक्रमले मिस तिजमा सहभगीहुनेहरुको प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने उहाँकाे भनाई छ । नेपाली कला, संस्कृति संरक्षण तथा संवर्धान गर्न यस खालकाे कार्यक्रमलाई निरन्तरता दिईने उहाँले बताउनु भयाे ।
कार्यक्रममा कोरियाग्राफर सृष्टि घिमिरे, पुर्व अध्यक्ष प्रेम थापा, मदन थापा लगाएतले कार्यक्रमको अवसर र चुनौतिका बारेमा बोलेका थिए ।

 


प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८, २३:१९:००
प्रतिक्रिया दिनुहोस्