स्थानीय

सैनामैना ९ मा राष्ट्रिय युवा संघ नेपाल गठन

रेडियो टाइम्स
`

भाद्र १६ सैनामैना,
नेकपा एमाले निकट भातृ संगठन न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा समाज परिवर्तन युवाको काँधमा’ भने मुल नाराको साथ स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल सैनामैनाले संगठन विस्तारमा तीब्र गतिमा लगेको छ । सैनामैना नगरपालिकाको नगर कमिटी वडा नम्बर ९ युवा भेला तथा अधिवेशन सप्पन्न भएको छ
राष्ट्रिय युवा संघ नेपाल वार्ड नंबर ९ को बृहत भेलाबाट सर्घष लम्सालको नेतृत्वमा ४१ सदस्यीय रहने गरि सैनामैना नगरपालिकाको नगर वडा नम्बर ९ कमिटी गठन भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल वार्ड नंबर ९ को नवगठित कमिटिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले सैनामैनामा योजनाबद्ध ढंगले बिकासको गति अगाडी बढी रहेको बताउनु भयो । नेकपाको सरकारले गरिब, बिपन्न तथा सुकुम्बासी र भुमिहिनलाई जग्गा उपलब्द गराउन आयोग गठन गरी काम अगाडी बढाएको थियो तर अहिलेको नेपाली काग्रेस नेतृत्वको सरकारले आयोग नै खारेज गर्नु दुखद भएको समेत कार्कीले बताउनुभयो । 
समाजमा भएको बिकृति र अन्यायको बिरुद्ध आवाज उठाउने उद्धेश्यले पार्टीको श्रदय अध्यक्ष के.पी. शर्मा वलीको नेतृत्वमा यूवा संघ नेपाल गठन भएको नेकपा एमालेका नगर ईन्चार्ज खुशीराम चौधरीले बताउनु भयो । यूवासंगमा आवद्ध यूवाहरु अनुशासित, ईमान्दर र ईलम यूक्त हुन जरुरी रहेको ईन्चार्ज चौधरीले बताउनु भएको थियो ।   
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य एव सैनामैना नगर कमिटी नगर अध्यक्ष प्रेम थापा, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्की, नेकपा एमाले नगर ईन्चार्ज खुशीराम चौधरी, नेकपा एमाले नगर संयोजक चेत नारायण न्यौपाने, नेकपा एमालेका जिल्ला सदस्य शोभा ज्ञवाली, सैनामैना वार्ड नं ९ का वडाअध्यक्ष डोलनाथ भण्डारी, राष्ट्रिय युवा संघ नेपाल युवा संघ नेपाल जिल्ला सदस्य सचिवालय सदस्य नारायण थापा लगायतले नवगठित कमिटिलाई बधाई तथा शुभकामना दिनु भएको थियो । कार्यक्रम राष्ट्रिय युवा संघ सैनामैना नगर कमिटिका  सुरज रिजालको सञ्चालनमा भएको हो ।
 


प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८, १७:०८:००
प्रतिक्रिया दिनुहोस्