स्थानीय

पहिरो खस्दा पाल्पा–बुटवल सडक खण्ड पूर्णरुपमा अवरुद्ध

रेडियो टाइम्स
`

भदौ,१३ पाल्पा

भारी वर्षापछि पहिरो खस्दा पाल्पामा पर्ने सिद्धार्थ राजमार्गको एक दर्जन स्थानमा सडक अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा, तानसेन नगरपालिका–७ बर्तुङ, बगनासकाली गाउँपालिका–३ धैरेनी, बगनासकाली गाउँपालिका–४ शेरा, तिनाउ गाउपालिकाको सिद्धबाबा, केराबारी, सिसुवा र हिउँदखोलामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
यस्तै तानसेन–११ सम्मोबारीमा पहिरो जाँदा तानसेन–रिडी सडकखण्ड र रम्भा–३ सीता पहाडमा पहिरो खस्दा बर्तुङ–रामपुर सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


प्रकाशित मिति: आईतबार, भदौ १३, २०७८, १५:१२:००
प्रतिक्रिया दिनुहोस्