स्थानीय

बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति

रेडियो टाइम्स
`

१३ भदौ, बुटवल । 
बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको छ ।
वडा नं. ३ को ज्योतिनगरमा चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो पसेको छ ।
पहिरोले एक दर्जन घरमा क्षति पुगेको स्थानीय विष्णु गुरुङले बताइन् । बिहान ६ बजेपछि पहिरो खसेकाले घरमा रहेकाहरु भागेर सुरक्षित भएका र मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पु¥याएर आवागमन अवरुद्ध भएको र त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ ।
पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरमा रहेका सामान सुरक्षित स्थानमा सारेका छन् ।
पहिरोको जोखिममा रहेका अन्य स्थानीयलाई पनि अन्यत्र सार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो ।


प्रकाशित मिति: आईतबार, भदौ १३, २०७८, १५:०७:००
प्रतिक्रिया दिनुहोस्