राष्ट्रिय

बाणगङ्गा नदी कटानका कारण कपिलवस्तुको खोरिया गाउँ उच्च जोखिममा, उच्च सतर्कता अपनाउन आग्रह

रेडियो टाइम्स
`

भदौ १३, कपिलवस्तु । 
कपिलवस्तुको बाणगङ्गा नदीमा आएको बाढीले यशोधरा गाउँपालिका–८ को खोरिया गाउँ उच्च जोखिममा परेको छ ।

नदीले बस्ती कटान गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । नदीमा पानीको बहाव र सतह बढ्दै गर्दा तटबन्ध टुट्ने हो कि भन्ने डरले सताएको त्यहाँका पप्पु मुसलमानले बताउनुभयो ।

तत्कालका लागि बाढीले क्षति पुर्याएको ठाउँमा तटबन्ध बनाउन लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाणगङ्गा नदी तटीय क्षेत्रका स्थानीय बासिन्दा हरेक वर्ष बाढीको चपेटामा पर्ने गरेका छन्।

वर्षाैँदेखिको यो समस्या समाधानका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको स्थानीय बासिन्दाको गुनासो छ । 

पछिल्लो ६ घण्टामा कपिलवस्तुको बाणगङ्गामा धेरै ठूलो पानी परेको छ । यो क्षेत्रमा थप वर्षा हुने अनुमान छ ।

बाढी पूर्वानुमान महाशाखाले पनि बाणगङ्गा नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 


प्रकाशित मिति: आईतबार, भदौ १३, २०७८, १४:५४:००
प्रतिक्रिया दिनुहोस्