स्थानीय

दाङमा सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क प्राविधिक विषय पढाइने

रेडियो टाइम्स
`

साउन ३२ 
दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ ।
उपमहानगरले सञ्चालन गरेको तुल्सीपुर बहु–प्राविधिक शिक्षालय मेट्रो कलेजसँग सम्झौता गरेर उपमहानगरका १९ वटै वडाका एसईई उत्तीर्ण छात्राहरुलाई कलेजमा सञ्चालित प्राविधिक विषय निःशुल्क पढाउने व्यवस्था मिलाइएको उपप्रमुख माया शर्माले बताउनु भयो ।
स्मार्ट छोरी कार्यक्रमसँग जोडेर महिलालाई आर्थिक रुपमा बलियो बनाउन बजारमा बढी माग भएका प्राविधिक विषय अध्ययन गर्ने व्यवस्था मिलाइएको उपमहानगरले जनाएको छ । तुलसीपुर उपमहानगरले सञ्चालन गरेको कलेजमा सीटीईभीटी अन्तर्गतका ५ वटा प्राविधिक विषयको अध्यापन भइरहेको छ । यस्तै, लुम्बिनी विश्वविद्यालयसँगको सहकार्यमा पाँच वर्षे बीएएलएलबीको पढाइ पनि भइरहेको छ ।


प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८, १७:०६:००
प्रतिक्रिया दिनुहोस्