राष्ट्रिय

आज रातिदेखि संसद् अधिवेशन अन्त्य

रेडियो टाइम्स
`

 साउन ३२, 
काठमाण्डौ – आज सोमवार रातिदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन अन्त्य हुने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफरिस गरेको थियो ।
सरकारको सिफारिसका आधारमा राष्ट्रपति कार्यालयले सदन अधिवेशन अन्त्यको जानकारी दुवै सदनमा पठाइसकेको छ । 
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि साउनको ३ गते अधिवेशन सुरु भएको थियो ।


प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८, १६:५७:००
प्रतिक्रिया दिनुहोस्