स्थानीय

दाङमा अविरल वर्षाका कारण घर भत्कियो

रेडियो टाइम्स
`

साउन २९।
दाङ – दुई दिनदेखि परेको अविरल वर्षाका कारण दाङमा एक घर भत्किएको छ । लगातारको वर्षाका कारण तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारका रामु चौधरीको घर भत्किएको हो । आज बिहान घर भत्किँदा साढे दश लाख बराबरको क्षति भएको जनाइएको छ ।
घर भत्किँदा अन्नपात सबै नष्ट हुनुका साथै घरमा भएको नगद २ लाख रुपैयाँ नगद पनि नभेटिएको तर मानवीय क्षति भने नभएको  स्थानीय महेश थारुले बताउनु भयो ।
अहिले चौधरी परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।


प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८, १३:३३:००
प्रतिक्रिया दिनुहोस्