स्थानीय

रेड पाण्डाको छालासहित कपिलवस्तुबाट ३ जना प्रकाउ

रेडियो टाइम्स
`

श्रावण २९,  

कपिलवस्तुबाट रेड पाण्डा(हाव्रे) को छालासहित ३ जना प्रकाउ परेका छन ।  बिशेष सुराकीका आधारमा प्रहरीले जिल्लाको बाणगंगा नगरपालिका ४ सिद्धिपुरको बराल होटेलबाट २ वटा रेड पाण्डाको छालासहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख दान बहादुर कार्कीले बताए । रेड पाण्डाको छाला बेच्ने उदेश्यले उनीहरु केही दिनदेखि बाणगंगाको चार नः जितपुरमा बस्दै आएको समेते खुल्लासा भएको छ। 

प्रकाउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका वडा नः ५ घर भएका खग्रेन्द पुरी, आशिस योगी, सौरव राज बंशी रहेको प्रमुख कार्कीले बताए ।उनीहरुलाई ईलाका प्रहरी कार्यालय पिपरामा राखी थप अनुसन्धान भई रहेको  प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८, १२:५३:००
प्रतिक्रिया दिनुहोस्