स्थानीय

सैनामैनामा वृक्षारोपण

रेडियो टाइम्स
`

साउन २८,सैनामैना । 
अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा  सैनामैनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । गोरखनाथ सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मेचीमहाकाली बुहारी संयुक्त आवाजको सह– आयोजनामा  सैनामैना ६ पटना मा बृक्षारोपण कार्यक्रम गरिएको हो । 
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले हरितपुर्ण नगर बनाउन यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो । सैनामैनामा वृक्षारोपणका क्षेत्रमा भएका निरन्तरको प्रयासका कारण सैनामैना निकट भविष्य मै स्वास्थ वातावरण युक्त हरियाली शहर बन्ने बताउनुभयो ।
सैनामैनाको समग्र विकासका लागि युवाहरुको सहकार्य र सहभागिता अपरिहार्य रहेको औल्याउनुभयो । 
सम्पुर्ण वडाको प्रतिनिधित्व गर्दै सैनामैना ४ का  यवा परिषद क्लवका अध्यक्ष बिष्णु बहादुर फौदारले नगरपालिकाले नगर भित्रका सम्पूर्ण युवालाइ समेटने गरि काम गर्नुपर्ने बताउनु भयो । सम्पूर्ण युवालाइ समेटने प्रयास गरेमा नगरपालिकालाई सबै प्रकारको साथ दिन युवाहरु तयार रहेको धारणा राख्नुभयो । 
कार्यक्रम गोरखनाथ  सामुदायिक सिकाइ केन्द्र कि अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षता , नगर प्रमुख चित्र बहादुर कार्र्कीको प्रमुख आतिथ्यता , सैनामैना नगर उपप्रमुख बिना रानाको विशिष्ट आतिथ्यता ,शिक्षा शाखा प्रमुख  हेमराज नेपाली काङ्ग्रेस जिल्ला उप सभापति फणिन्द्र प्रसाद शर्मा, नेकपा एमाले नगर इञ्चार्ज खुसिराम चौधरी ,नेकपा एमाले सैनामैना अध्यक्ष चेतनारायण न्यौपाने, माओवादी केन्द्रका सैनामैना संयोजक मान बहादुर महत,अर्याल लगायतको आतिथ्यतामा सम्पनन भएको हो । 
मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खडकाले कार्यक्रम माथि प्रकाश पार्नुभयो ।  कार्यक्रमको सञ्चालन सृजना न्यौपानेले गर्नुभएको थियो ।
वृक्षारोपण कार्यक्रममा टिक , सिसौँ लगायतका विभिन्न प्रजातिका विरुवाहरु लगाइएको थियो । कार्यक्रममा जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रतिनिधि , विभिन्न संध सस्थाका प्रतिनिधि , ११ वटा युवा परिषदका सम्पुर्ण कार्यसमिति लगायतको सहभागिता थियो । 
 


प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८, ११:०७:००
प्रतिक्रिया दिनुहोस्