स्थानीय

पर्रोहा बोलवम धाममा क्षमा पूजा तथा महारुद्राभिषेक कार्यक्रम सञ्चालन

रेडियो टाइम्स
`

पश्चिम नेपालको धार्मिक आस्थाको धरोहरको रुपमा परिचित सैनामैना १ मा अवस्थित श्री पर्रोहा बोलवम धाममा क्षमा पूजा तथा महारुद्राभिषेक सञ्चालन भईरहेको छ ।

सँघिय सरकार र स्थानिय सरकारको सँयुक्त बजेटमा पुनःनिर्माणको क्रममा रहेको मूल मन्दिरलाई भत्काएर त्यस स्थानमा नयाँ मन्दिर निर्माण गर्नुपूर्व शास्त्रिय विधिसम्मत रुपमा क्षमा पूजन गर्नुपर्ने धार्मिक मूल्य मान्यता अन्ुसार क्षमा पूजन तथा महारुद्राभिषेक कार्यक्रम सँचालन गरिएको छ । क्षमा पूजन अन्र्तगत श्रावण २५ गतेदेखि भाद्र ६ गतेसम्म सँचालन हुने कार्यक्रममा मूल ज्योतिर्लिङ्गमा असँख्य कमल पुष्प अर्पण,असँख्य बेलपत्र अर्पण, छपन्न प्रकारका भोजनहरुको भोग अर्पण,दैनिक लघु रुद्राभिषेक ,हवन,पूजन सँचालन भईरहेको छ ।

बोलवम धामको मूल मन्दिरको डि.पि.आर तयार भई ठेक्का सम्झौता तथा शिलान्यास भई यहिँ भाद्र महिनाबाट तिब्ररुपमा निर्माण कार्य आगाडी बढने हुँदा श्रावण महिनामै क्षमा पूजाको कार्यक्रम आयोजना गरिएको तथा कोरोना महामारीका कारण बोलवम धाम ब्यवस्थापन समितिले महारुद्राभिषेकमा सहभागी हुन चाहाने भक्तहरुलाई पनि सहभागिताको लागि फोनमार्फत सम्पर्क गरि घरमै बसेर आफ्नो नाम,गोत्र,ठेगाना टिपाई सहभागी हुन सक्ने ब्यवस्था गरिएको धामका अध्यक्ष रामबली चौधरीको भनाई रहेको छ ।
 


प्रकाशित मिति: बुधबार, साउन २७, २०७८, १६:५६:००
प्रतिक्रिया दिनुहोस्