अन्तराष्ट्रिय

बंगलादेशमा चट्याङ लागेर १६ जनाको ज्यान गयो

रेडियो टाइम्स
`

२१ साउन, काठमाडौं

बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ । बेहुलासहित १२ जना घाइते भएका छन् ।बुधबार बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्ने स्थानमा जन्तीहरुमाथि चट्याङ परेको हो ।मुख्य प्रशासनिक अधिकारी साकिब अल रब्बीले घटनाको पुष्टि गर्दै १६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।अचानक मेघगर्जन पानी पर्न थालेपछि डुंगाबाट एक(एक जना गर्दै ओर्लिएर आश्रय लिन लाग्दा उनीहरुमाथि चट्याङ लागेको थियो ।


प्रकाशित मिति: बिहिबार, साउन २१, २०७८, ११:३८:००
प्रतिक्रिया दिनुहोस्