स्थानीय

दाङ देउखुरीबाट एक थान पेस्तोलसहित २ जना पक्राउ

रेडियो टाइम्स
`

साउन १९, दाङ

दाङ - देउखुरीको कालाकाटेबाट प्रहरीले अत्याधुनिक हतियारसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खान रहेका छन् ।

उनीहरुको साथबाट अत्याधुनिक पेस्तोल, त्यसमा लाग्ने दुई वटा म्याग्जीन र दुई राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८, १४:१९:००
प्रतिक्रिया दिनुहोस्